शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लाइटर बोकेको ट्रकमा लागेको आगो नियन्त्रणमा

सोमबार, २८ फागुन २०८०, १९ : २७
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । कैलाली र बर्दियाको सिमाना स्थित कर्णाली पुलमा लाइटर बोकेको ट्रकमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ । ना.५ ख ५२९७ नम्बरको ट्रकमा लागेको आगो दमकलको सहायताले निभाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले रातोपाटीलाई बताए ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बाट कैलालीतर्फ प्रवेश गरेपछि ट्रकमा अचानक आगो लागेको हो । ट्रक कञ्चनपुर घर भएका ३२ वर्षीय जगन्नाथ जोशीले चलाएका थिए । इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीको टोलीले ट्रकमा रहेका स्टाफहरुलाई सकुशल उद्धार गरेका छन् । आगलागीबाट ट्रक पूर्ण रुपमा जलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप