रौतहटमा १५ किलो गाँजासहित एक जना पक्राउ
मङ्गलबार, २९ फागुन २०८०, ०९ : १६
रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी गस्ती टोलीले विशेष सूचनाको आधारमा १५ किलो भन्दा बढी लागुऔषध गाँजा सहित एक जना युवकलाई पक्राउ गरेको छ।
प्रहरी टोलीले चन्द्रपुर नगरपालिका १ नुनथर स्थित बोरा बोकेर सिन्धुलीबाट पौराई तर्फ गईरहेका चन्द्रपुर १ का वर्षका ३७ को साने भन्ने सन्त तामाङलाई चेकजाँचको क्रममा अवैध लागु औषध गाँजा १५ किलो ४०० ग्राम सहित सोमबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।
उनको साथबाट भिभो कम्पनीको मोबाइल १ थान, नगद ४० हजार बरामद भएको तथा आवश्यक कारबाहीको लागी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा राखी अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण