माधव नेपालको माग पूरा, प्रधानमन्त्रीलाई विश्वासको मत दिने
काठमाडौँ । लिखित सहमतिबिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने अडान लिएका एकीकृत समाजवादीको माग पूरा भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दल एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको बिच सहमति भएको प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
मल्लका अनुसार यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिमा पनि एकीकृत समाजवादीले हस्ताक्षर गरेकाे छ । यस्तै आज हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा एकीकृत समाजवादीले मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएकाे छ।
‘खासगरी राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको विषयमा शीर्ष नेताहरूको बैठक बसेको हो । गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफ्ना सांसदहरूलाई निर्देशन दिइएको छ’, बैठकबारे मल्लले भने, ‘अब कुनै समस्या छैन । यसअघि चार दलबिच ८ बुँदेमा हस्ताक्षर भएको थियो । अब पाँच दल भएको छ । सहमतिमा हस्ताक्षर भएको छ ।’
सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलमा पार्टीलाई जानकारी नदिई मन्त्रीको नाम दिएकोमा नेपालको चर्को विरोध भएको थियो । लिखित सहमतिबिना प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सांसदहरूले अडान लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण