बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ समीकरण

माधव नेपालको माग पूरा, प्रधानमन्त्रीलाई विश्वासको मत दिने

मङ्गलबार, २९ फागुन २०८०, १० : ५८
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । लिखित सहमतिबिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने अडान लिएका एकीकृत समाजवादीको माग पूरा भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दल एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको बिच सहमति भएको प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

मल्लका अनुसार यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिमा पनि एकीकृत समाजवादीले हस्ताक्षर गरेकाे छ । यस्तै आज हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा एकीकृत समाजवादीले मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएकाे छ। 

‘खासगरी राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको विषयमा शीर्ष नेताहरूको बैठक बसेको हो । गठबन्धनका उम्मेदवारलाई  विजयी गराउन आफ्ना सांसदहरूलाई निर्देशन दिइएको छ’, बैठकबारे मल्लले भने, ‘अब कुनै समस्या छैन । यसअघि चार दलबिच ८ बुँदेमा हस्ताक्षर भएको थियो  । अब पाँच दल भएको छ । सहमतिमा हस्ताक्षर भएको छ ।’

सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलमा पार्टीलाई जानकारी नदिई मन्त्रीको नाम दिएकोमा नेपालको चर्को विरोध भएको थियो । लिखित सहमतिबिना प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सांसदहरूले अडान लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप