मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
मङ्गलबार, २९ फागुन २०८०, १५ : २१
सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–८, का नचिन चन्द र सप्तरीको कन्चनपुर नगरपालिका–४, का देवा सारदार रहेका छन् ।
उनीहरूले वीरेन्द्रनगर नगरपालिका–३, का सूर्यबहादुर बस्नेतको घरमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेका थिए ।
आइतबार राती चोरी गरेका उनीहरूलाई वीरेन्द्रनगर नगरपालिका–३ को तातापानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । देवा सरदारले मोटरसाइकल चलाई लगिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मण शाहीले बताए । ऊनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण