सांसद सापकोटालाई निलम्बन गर्न जनमतले सभामुखलाई पठायो पत्र
मङ्गलबार, २९ फागुन २०८०, १७ : ३१

काठमाडौँ । जनमत पार्टीका सांसद गोमालाभ सापकोटालाई निलम्बन गर्न सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ । सांसद सापकोटा निलम्बन गर्न सो पार्टीले अनुशासन उलंघन गरेको भन्दै फागुन २७ गते पत्र पठाएको हो ।
सापकोटा सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिबाट साधारण सदस्य समेत नरहने गरी निष्कासनमा परेकी थिइन् । लगत्तै जनमतले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ अनुसार संघीय संसद् सचिवालयलाई समेत पत्र पठाउँदै सांसद पदबाट हटाउन सिफारिस गरेको थियो ।
सभामुख देबराज घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीले पत्र आएको पुष्टि गरे । ‘फागुन २७ गते पत्र आएको छ । अध्ययन भइरहेको छ’अधिकारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
-
प्रतिनिधिसभा बैठक साढे चार बजेपछि बस्ने
-
स्कटल्यान्डको ‘आदिवासी जनजाति चलचित्र महोत्सव’का लागि ४१ चलचित्र छानिए
-
गाजामा राहत कुरेर बसिरहेका कम्तीमा ५१ प्यालेस्टिनीको मृत्यु
-
इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार
-
स्टार खेलाडी भिनिसियसलाई भित्र्याउन रियलसँग कुरा गर्दै अल हिलाल