चोरीको ४ वटा ब्रेजा कारसहित दुईजना पक्राउ
काठमाडौँ । काठमाडौँबाट प्रहरीले चोरीको ४ वटा गाडी बरामद गरेको छ । उपत्यकाको विभिन्न ठाउँबाट चोरीको गाडी बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
ब्रेजा गाडीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका–७ घर एका ४८ वर्षीय सुरज मल्ल र नुवाकोटको बिदुर घर भएका २३ वर्षीय सविन राई छन् । आरोपीहरुले भारतबाट गाडी चोरेर ल्याएर नेपालमा नक्कली दर्ता किताब बनाएर बेच्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
पैसाको अभाव देखाएर उनीहरुले धरौटीमा गाडी राखेर रकम लिएपछि सम्पर्क विहीन हुने गरेका थिए । ४ वटा गाडी राखेर उनीहरुले लाखौं रुपैयाँ ठगेर सम्पर्क विहीन भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपी सुरज मल्लको नामको २ थान र अर्का एक जनाको नाममा रहेको १ थान नक्कली सवारी दर्ता किताब प्रहरीले बरामद गरेको छ । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण