प्रधानमन्त्रीलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिका सांसदलाई ‘ह्वीप’
मङ्गलबार, २९ फागुन २०८०, १८ : ५१
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको छ । मंगलबार बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
फागुन ३० गते प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय भएको सो पार्टीका सांसद अरुण चौधरीले बताए । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई ‘ह्वीप’ लगाएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते बुधबार विश्वासको मत लिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण