अरुको कागजात दुरुपयोग गर्दै खाता खोलेर ठगेको आरोपमा ३ जना पक्राउ
काठमाडौँ । अर्काको नागरिकता र सर्टिफिकेट दुरुपयोग गरेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४ घर भएका २३ वर्षीय सिद्धार्थ चौधरी, बाराको महागढीमाई नगरपालिका–५ घर भएकी २५ वर्षीया सोनम कुमारी चौधरी र वीरगन्ज महानगरपालिका–१५ घर भएका २६ वर्षीय राहुल रै दास छन् ।
सामाजिक संजालमा ‘वैदेशिक रोजगारीको अवसर’ भन्ने सूचना राखेर आरोपीहरुले विदेश पठाउने नाममा रकम हाल्न लगाउने र सम्पर्कविहीन हुने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । वैदेशिक रोजगारीमा जान इच्छुकहरुकै कागजात दुरुपयोग गरेर उनीहरुले बैंक खाता खोल्ने र रकम डिपोजिट गर्न लगाउने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
पक्राउ परेकाहरुले अहिलेसम्म अर्काको नागरिकता दुरुपयोग गरेर खोलेको बैंक खाता मार्फत ८२ लाखभन्दा बढी कारोबार गरेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण