मधानी महोत्सवमा ७३ लाख रुपैयाँ खर्च
रौतहट । रौतहटको मौलापुर नगरपालिकाको आयोजनामा भएको मधानी महोत्सवमा कुल ७३ लाख २५ हजार रुपैयाँ खर्च भएको छ । मौलापुर नगरपालिकाको आयोजनामा भएको महोत्सव फागुन २२ देखि २६ गतेसम्म पाँच दिन चलेको थियो ।
नगरपालिकाककी मेयर रीनाकुमारी साहले महोत्सव सकिएसँगै सम्पूर्ण खर्चको विवरण सार्वजनिक गरिएको जानकारी दिइन् । उनका अनुसार विभिन्न २१ शीर्षकामा खर्च भएको छ भने सबैभन्दा बढी खर्च कलाकारका लागि २५ लाख ६० हजार रुपैयाँ खर्च भएको छ । उनका अनुसार पुजारी तथा पुजन सामग्री, मन्दिर सजावट, प्रचार प्रसार, होर्डिङ, बोर्ड, सम्मान पत्र, मायाको चिनो, अतिथिहरुको बास, कुस्ती खेलाडीको पारिश्रमिक लगायतका शीर्षकमा खर्च भएको छ ।
पतौरा पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचीकृत गराउने र मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने सङ्कल्प सहित मधानी महोत्सव आयोजना भएको थियो ।
महोत्सवमा भारतीय सुपरस्टार गोविन्दा, नेपाली अभिनेता पल साह, नायिका निलम गिरि, बिश्व चर्चित पहलवान बबिता फोगाट लगायत दर्जनौँ प्रसिद्ध कलाकार तथा खेलाडीहरूको सहभागिता रहेको थियो ।
सरकारी निकायमा खर्च विवरण माग्दा पनि नदिने अहिलेको परिवेशमा नगरपालिकाले आफै खर्च विवरण सार्वजनिक गर्नु आफैँमा सराहनीय एवं उदाहरणीय कार्य भएको सो क्षेत्रका सांसद समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण