मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
संसद

म विश्वासघाती र धोकेबाज कसरी भएँ : प्रचण्ड (भिडियो सहित)

बुधबार, ३० फागुन २०८०, ११ : ४६
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक प्रक्रियाबाटै समीकरण बदल्दा आफू विश्वासघाती र धोकेवाज कसरी भएँ भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले कुनै बेला संसदको रोस्ट्रममै उभिएर आफूलाई नेपालको राजनेता भनेर घोषणा गरेको पनि बताएका हुन् ।

‘त्यही राजनेता आज संविधान, राजनीतिक मान्यताका आधरामा राष्ट्रको बृत हित, राजनीतिक मुद्दालाई केन्द्रमा राखेर लोकतान्त्रिक प्रक्रियाबाट समीकरण बदल्दा म विश्वासघाती र धोकेबाज कसरी भएँ ?’ उनले प्रश्न गरे ।

आफू कांग्रेसको समर्थनमा एक पटक प्रधानमन्त्री भएको तर माओवादी केन्द्रको समर्थनमा कांग्रेसले दुई पटक सरकारको नेतृत्व गरेको पनि उनले स्मरण गराए ।

उनले आफ्नो कारणले नेपाली कांग्रेसमा युद्धविराम भएको जिकिर गर्दै नेपाली कांग्रेसलाई एकीकृत गर्ने नयाँ संकल्पमा यो युद्धविरामलाई परिणत गर्न पनि सुझाव दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप