कुशल भुर्तेलले लिए पीएनजीको छैटौँ विकेट
बुधबार, ३० फागुन २०८०, १३ : ०२
काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को छैटौँ विकेट लिएको छ । पीएनजीको छैटौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका हुन् ।
कुशल भुर्तेलले पीएनजीका ओपनर ब्याट्सम्यान टोनी उरालाई बिबेक यादबद्वारा क्याच गराएका हुन् । पेभेलियन फर्किनुअघि टोनीले अर्धशतक बनाएका थिए । उनले केवल ३७ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काए । १३.४ ओभरमा उनी आउट हुँदा पीएनजीले एक सय १३ रन बनाएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण