रौतहटको राजदेवीमा आगलागी, ३ घर जलेर नष्ट
रौतहट। रौतहटको राजदेवी नगरपालिकामा बुधवार साँझ आगलागीबाट ३ घर जलेर नष्ट भएका छन्। राजदेवी ७ मुडवलवामा आगलागीबाट ३ घर जलेर नष्ट भएको हो । आगलागीबाट स्थानीय कैलाश राउत बरई, शत्रुधन साह र हृदय साहको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आगलागीबाट घरमा रहेको अन्न, लत्ताकपडा लगायत लाखौं मूल्य बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन।
जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले आगलागीबाट करिब ७ लाख बराबरको क्षति भएको बताइन् । स्थानीयवासी र सशस्त्र प्रहरीले बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रवक्ता गिरीले जानकारी दिइन् ।
यसैबिच नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाका सभापति राजकिशोर यादवसहित पदाधिकारीहरुले आगलागी पीडितको घरमा पुगेर बिभिन्न सरसामान, भाडा बर्तन तथा खानेकुरा र त्रिपाल सहयोग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण