सहकारी ठगीमा मुछिएका पूर्वउपराष्ट्रपति पुत्रलाई कारबाही गर्न सांसदको माग
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई कारबाही गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको भन्दै कारबाहीको माग गरेका हुन् ।
उनले पुनलाई कारबाही नगरे गणतन्त्रप्रति नै जनतामा निराशा आउने र सरकारको विरुद्धमा जनताहरू सडकमा उत्रिने बताए । उनले भने, ‘हामी देशमा सुशासन, समृद्धि चाहन्छौँ । हामी आम जनता र जनप्रतिनिधिमा छाएको निराशालाई आशामा परिणत गर्न चाहन्छौँ । यो देश तस्करीहरूको देश नबनोस् । यो देश भ्रष्टाचारीहरूको देश नबनोस् । यो देश गणतन्त्र र संविधानको विपक्षमा काम गर्नेहरूको देशको रूपमा परिचित नहोस् । सहकारी ठगी र सुन प्रकरणमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ । यदि यस्तो भयो भने यो देशमा आम जनताले बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको छ । त्यसप्रति निराश हुनेछन् । र वर्तमान सरकारको विरुद्धमा जनता सडकमा आउनेछ । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले गर्मी मौसममा आगलागीका घटनाहरू हुने भन्दै त्यसप्रति समयमै सचेत भएर पूर्वतयारीमा लाग्न सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण