बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेलगत्तै आइजीपीसँग गृहमन्त्रीको छलफल

बिहीबार, ०१ चैत २०८०, १८ : २५
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । सुनको अवैध पैठारी तस्करीबारे जाँचबुझ आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ब्रिफिङ गरेलगत्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षकसँग छलफल गरेका छन् ।

बिहीबार पूर्व न्यायाधीश डिल्लीराज आचार्य संयोजक रहेको आयोगले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन करिब दुई घण्टा लगाएर अध्ययन गरेपछि लामिछानेले प्रधानमन्त्रीलाई त्यसबारे ब्रिफिङ गरेका थिए । त्यसपछि लगत्तै उनले प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त बहादुर कुँवरलाई बोलाएर प्रतिवेदन कार्यान्वयनका लागि छलफल गरेका हुन् ।

प्रतिवेदनमा सुन तस्करी प्रकरणको अनुसन्धान र अभियोजनमा त्रुटि गर्ने कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको छ । यस अतिरिक्त प्रतिवेदनमा पूरक अभियोजनमार्फत मुद्दा चलाउनुपर्ने भन्दै विभिन्न व्यक्तिको नामसमेत सिफारिस गरिएको बताइएको छ ।

गृहमन्त्रीको सचिवालयमा कार्यरत प्रतिभा रावलका अनुसार आयोगले दिएको सुझाव कार्यान्वयनका लागि गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेलगत्तै आइजीपीसँग छलफल गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप