सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेलगत्तै आइजीपीसँग गृहमन्त्रीको छलफल
काठमाडौँ । सुनको अवैध पैठारी तस्करीबारे जाँचबुझ आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ब्रिफिङ गरेलगत्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षकसँग छलफल गरेका छन् ।
बिहीबार पूर्व न्यायाधीश डिल्लीराज आचार्य संयोजक रहेको आयोगले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन करिब दुई घण्टा लगाएर अध्ययन गरेपछि लामिछानेले प्रधानमन्त्रीलाई त्यसबारे ब्रिफिङ गरेका थिए । त्यसपछि लगत्तै उनले प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त बहादुर कुँवरलाई बोलाएर प्रतिवेदन कार्यान्वयनका लागि छलफल गरेका हुन् ।
प्रतिवेदनमा सुन तस्करी प्रकरणको अनुसन्धान र अभियोजनमा त्रुटि गर्ने कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको छ । यस अतिरिक्त प्रतिवेदनमा पूरक अभियोजनमार्फत मुद्दा चलाउनुपर्ने भन्दै विभिन्न व्यक्तिको नामसमेत सिफारिस गरिएको बताइएको छ ।
गृहमन्त्रीको सचिवालयमा कार्यरत प्रतिभा रावलका अनुसार आयोगले दिएको सुझाव कार्यान्वयनका लागि गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेलगत्तै आइजीपीसँग छलफल गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण