वित्तीय संस्थाको सूचना प्रणालीमा अनधिकृत पहुँच राखेको आरोपमा युवक पक्राउ
बिहीबार, ०१ चैत २०८०, २० : ०८
काठमाडौँ । काठमाडौँस्थित एउटा वित्तीय संस्थाको सूचना प्रणालीमा अनधिकृत पहुँच राखेको आरोपमा प्रहरीले पोखराबाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भएर पोखरास्थित बिरौटामा बस्ने २६ वर्षीय नवराज लामिछाने छन् ।
उनलाई पोखराबाट पक्राउ गरेर विद्युतीय कारोबार सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्यूरोका उप–निर्देशक दीपक राज अवस्थीले जानकारी दिए ।
फागुन ३० मा उनी जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण