शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुलको कीर्तिमानी खेलाडी बने मोहमद सलाह

शुक्रबार, ०२ चैत २०८०, १० : १४
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । इजिप्टका प्रभावशाली स्ट्राइकर मोहमद सलाहले इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलमा एउटा गजबको कीर्तिमान बनाएका छन् । युरोपा लिगअन्तर्गत बिहीबार राति खेलिएको स्पार्टा प्रागविरुद्धको खेलमा उनले यस्तो कीर्तिमान बनाएका हुन् ।

लिभरपुलले स्पार्टा प्रागलाई ६–१ ले हराएको उक्त खेलमा सलाहले पनि एक गोल गरेका थिए । ३१ वर्षीय सलाहले खेलको १०औँ मिनेटमा गोल गरेका थिए । जारी सिजनमा सलाहले लिभरपुलका लागि गरेको यो २०औँ गोल हो ।

उक्त गोलसँगै सलाह लिभरपुलका लागि लगातार सात सिजन २० वा त्योभन्दा बढी गोल गर्ने एकमात्र खेलाडी बनेका छन् । लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले सलाहको खेलको प्रशंसा गरेका छन् । उनले आफू सलाहको खेलबाट सधैँ प्रभावित हुने गरेको बताए ।  

‘म लगातार सात वर्षदेखि सलाहको खेल हेरिरहेको छु । उनको खेल उत्कृष्ट छ । म सधैँ उनको खेलबाट प्रभावित हुन्छु,’ उनले भनेका छन् । लिरभपुल यो सिजन युरोपा लिगको क्वार्टरफाइनलमा पुगिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप