लिभरपुलको कीर्तिमानी खेलाडी बने मोहमद सलाह
काठमाडौँ । इजिप्टका प्रभावशाली स्ट्राइकर मोहमद सलाहले इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलमा एउटा गजबको कीर्तिमान बनाएका छन् । युरोपा लिगअन्तर्गत बिहीबार राति खेलिएको स्पार्टा प्रागविरुद्धको खेलमा उनले यस्तो कीर्तिमान बनाएका हुन् ।
लिभरपुलले स्पार्टा प्रागलाई ६–१ ले हराएको उक्त खेलमा सलाहले पनि एक गोल गरेका थिए । ३१ वर्षीय सलाहले खेलको १०औँ मिनेटमा गोल गरेका थिए । जारी सिजनमा सलाहले लिभरपुलका लागि गरेको यो २०औँ गोल हो ।
उक्त गोलसँगै सलाह लिभरपुलका लागि लगातार सात सिजन २० वा त्योभन्दा बढी गोल गर्ने एकमात्र खेलाडी बनेका छन् । लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले सलाहको खेलको प्रशंसा गरेका छन् । उनले आफू सलाहको खेलबाट सधैँ प्रभावित हुने गरेको बताए ।
‘म लगातार सात वर्षदेखि सलाहको खेल हेरिरहेको छु । उनको खेल उत्कृष्ट छ । म सधैँ उनको खेलबाट प्रभावित हुन्छु,’ उनले भनेका छन् । लिरभपुल यो सिजन युरोपा लिगको क्वार्टरफाइनलमा पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण