बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
सत्ता समीकरण परिवर्तनको साइड इफेक्ट

राष्ट्रिय योजना आयोगका चार सदस्यले दिए राजीनामा

शुक्रबार, ०२ चैत २०८०, १८ : ००
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् । आयोग सदस्यहरू डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले शुक्रबार उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् । हाल अमेरिकामा रहेकी अनिताले उतैबाट राजीनामा दिएकी हुन् ।

सरकार परिवर्तन भएसँगै प्रतिपक्षी दलबाट सिफारिसमा परेका सदस्यहरूले राजीनामा दिएका हुन् । उनीहरूले दिएको राजीनामा उपाध्यक्ष श्रेष्ठले स्वीकृत गरिरहेका छन् । आयोगले धमाधम बजेटको सिलिङ तोकिरहेका बेला सदस्यहरूको राजीनामालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप