सत्ता समीकरण परिवर्तनको साइड इफेक्ट
राष्ट्रिय योजना आयोगका चार सदस्यले दिए राजीनामा
शुक्रबार, ०२ चैत २०८०, १८ : ००
काठमाडौँ । राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् । आयोग सदस्यहरू डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले शुक्रबार उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् । हाल अमेरिकामा रहेकी अनिताले उतैबाट राजीनामा दिएकी हुन् ।
सरकार परिवर्तन भएसँगै प्रतिपक्षी दलबाट सिफारिसमा परेका सदस्यहरूले राजीनामा दिएका हुन् । उनीहरूले दिएको राजीनामा उपाध्यक्ष श्रेष्ठले स्वीकृत गरिरहेका छन् । आयोगले धमाधम बजेटको सिलिङ तोकिरहेका बेला सदस्यहरूको राजीनामालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण