नक्कली नोट छाप्दै गरेका एकजना पक्राउ
काभ्रे । काभ्रेको बनेपामा नक्कली नोट छाप्दै गरेको क्रममा एक जना पक्राउ परेका छन् । काभ्रेको बनेपामा सञ्चालित एचएम मोबाइल सेन्टरमा नक्कली नोट छाप्दा–छाप्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नक्कली नोट छाप्दै गरेको क्रममा बेथानचोक गाउँपालिका–३ का सविन हुमागाईँलाई पक्राउ गरेको हो । ललितपुरको लगनखेलबाट दुईजना कारोबार गर्दा गर्दै नियन्त्रणमा लिएपछि सोधपुछ गर्दा धापाखेलको प्रहरी र इलाका प्रहरी कार्यालय बनेपाको टोलीले हुमागाईंसहित नक्कली नोट बरामद गरेको छ ।
पक्राउ परेका हुमागाईंको मोबाइल पसलबाट प्रहरीले ६९ हजार ५०० रुपैयाँ नक्कली नोटसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार नोट छाप्ने क्रममा हजारको ६९ थान र १०० को एक थान नोट बरामद भएको हो । प्रहरीले हुमागाईंको साथबाट मोबाइल, आइफोन, ल्यापटप र कलर प्रिन्टरसमेत नियन्त्रणमा लिएको प्रवक्ता श्रेष्ठले बताए । पक्राउ परेका हुमागाईँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण