काठमाडौँबाट पक्राउ परेका दीपेश पुनलाई भैरहवा लगियो
काठमाडौँ । काठमाडौँबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ । रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो ।
उनी शुक्रबारै राजधानीको टोखाबाट पक्राउ परेका थिए । रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले उनीविरुद्ध मुद्दा भएकाले काठमाडौँबाट झिकाइएको जानकारी दिए ।
उनीविरुद्ध सुन तस्करीमा संलग्न भएको आरोप पनि छ । सोही आरोपमा प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई पक्राउ परेको थियो । सुन तस्करीबारे उनलाई पक्राउ गरेर अनुसन्धान हुँदैगर्दा सहकारी ठगीमा पनि यसअघि नै वारेन्ट जारी भएकाले पहिला भैरहवा पठाइएको बताइएको छ।
रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप पुनविरुद्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण