नेपालमा लोकतन्त्र त छ तर चालचलन गोरखाली साम्राज्यवादको भयो : अध्यक्ष ठाकुर
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर नेपालमा लोकतन्त्र आए पनि चालचलन गोरखाली साम्राज्यवादको भएको बताएका छन् । सहिद केशव कोइराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा आयोजित कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
ठाकुरले राष्ट्रपति रामचन्द्र पौडेल सहभागी कार्यक्रममा आफ्ना सांसदहरूको उपेक्षा भएको बताए । उनले आफूहरूको अपमान गर्ने जानकारी भएको भए आफू कार्यक्रममै नजाने बताए । उनले लोकतन्त्रमा जनतामा अधिकार हुने र सबैभन्दा माथि पनि जनता नै रहने बताए ।
उनले भने, ‘केही भन्नुपूर्व म निवेदन गर्न चाहन्छु, महोत्तरीको जिल्लाको हाम्रै क्षेत्रको सांसदहरू पनि हामीसँगै आएका थिए । अहिले मैले यहाँ देखिनँ । सम्माननीय राष्ट्रपतिजी । यो तपाईंको कार्यक्रम होइन, यो त यहाँका मेयरको कार्यक्रम हो । उहाँकै निमन्त्रणमा म आएको हुँ । अहिले पनि मलाई थाहा थिएन कि यस तरिकाको अपमान हाम्रा सांसदहरूको हुन्छ । जो तपाईंसँगै तपाईंको स्वागतका लागि आएका थिए । उहाँहरूलाई औपचारिकताको रूपमा नाम समेत बोलाइएन । यो के हो । हामी लोकतन्त्रको लागि संघर्ष गरेका हौँ । तर लोकतन्त्रमा जनतामा अधिकार हुन्छ । सबैभन्दा माथि जनता हुन्छन् । अहिले यस्तो लाग्छ,यो नेपाल लोकतन्त्र त छ, गणतन्त्र पनि छ, तर अहिले पनि यहाँको चालचलन गोरखाली साम्राज्यवादको जस्तै छ । मैले यहाँ मेयरसँग बुझ्दा माथिबाटै आएको आदेश भन्नुभयो । सबैभन्दा माथि त हाम्रैसामु हुनुहुन्छ, उहाँ भन्दा माथि त संविधानमा नेपालमा कोही छैन ।’
उनले गोली हानेर जनता मार्ने र शान्ति सुशासन कायम राख्ने भन्ने कुरा गलत रहेको भन्दै कुनै पनि बेला विद्रोह हुनसक्ने चेतावनी दिए । उनले लोकतन्त्र सर्वोपरि भनेकै जनता रहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण