कृष्णबहादुर महरासहितलाई तत्काल कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका हुन् ।
मन्त्रालयमा आयोजित भेटघाटमा मन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएका छन् । सो का लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने भएको बुझिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पनि सो प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता सुरू
-
खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता
-
सङ्क्रमणकालीन न्याय सम्बन्धी आयोग : माओवादीलाई अध्यक्ष छाड्न तयार छैनन् कांग्रेस–एमाले
-
प्रबलको पहिरनमा चम्किएका दिलजीतदेखि बेबी बम्पसहित उपस्थित कियारासम्म, तस्बिरहरू
-
युद्धविरामका लागि वार्ता गर्नुको कुनै तुक छैन : हमास
-
केही देशका लागि भिसा आवेदनमा प्रतिबन्ध लगाउँदै बेलायत