शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फागुनमा आयो साढे ६ अर्ब रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता

आइतबार, ०४ चैत २०८०, १६ : ०८
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । फागुन महिनामा विदेशबाट ६ अर्ब ४७ करोड २० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार फागुन महिनामा मात्रै साढे ६ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो ।

यो महिनामा १२ वटा लगानीका प्रतिबद्धता आएको छ । तथ्यांकअनुसार यी १२ वटा साना उद्योग स्थापनाका लागि साढे ६ अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता आएको हो । यस्तै, फागुन महिनासम्मको अवधिमा २५३ वटा आयोजनाका लागि २९ अर्ब १३ करोड ४५ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ ।

फागुन महिनामा आएको लगानीको प्रतिबद्धतामा सबै साना उद्योगमा आएपनि चालू आर्थिक वर्ष २०८०÷८१ को यो अवधिसम्ममा भने ३ वटा ठुला उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।

यस्तै, १२ वटा मध्यमस्तरका उद्योगमा लगानीको प्रस्ताव आउँदा साना उद्योगमा लगानी गर्ने प्रस्ताव २३८ वटा छन् । तथ्यांकअनुसार हालसम्मको अवधिमा सबैभन्दा धेरै लगानीको प्रस्ताव पर्यटन क्षेत्रमा आएको छ । यो क्षेत्रमा कूल प्रस्तावको ११५.४५ प्रतिशत छ । यस्तै, सेवा क्षेत्रमा ८८.३५ प्रतिशत, सूचना प्रविधि क्षेत्रमा ८.३ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा ३०.१२ प्रतिशत, पूर्वाधार क्षेत्रमा ६.२ प्रतिशत र कृषि क्षेत्रमा ४.२ प्रतिशत प्रतिबद्धता आएको छ ।

यस अवधिमा ऊर्जा क्षेत्रमा भने शून्य प्रतिशतको प्रतिबद्धता आएको देखिन्छ । यसैगरी, फागुन महिनामा भित्रिएको लगानीको प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा नै प्रतिबद्धता भित्रिएको छ । यसपछि, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रमा धेरै प्रतिबद्धता आएको छ । यसबाहेक, पूर्वाधार लगानीको क्षेत्रमा पनि धेरै प्रतिबद्धता आएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप