नर्स हत्यामा संलग्न भनिएका युवा पनि मृत फेला
विराटनगर । गत शुक्रबार मृत फेला परेकी स्टाफ नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरेका युवा पनि मृत फेला परेका छन् । विराटनगरका युवा शिवशंकर दास विराटनगरको फाइन होटलमा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ।
उनी होटलको रुममा झुन्डिएको अवस्थामा फेला परेको मोरङका प्रहरी प्रमुख नवराज कार्कीले बताए । गत शुक्रबार विराटनगर महानगरपालिका– ४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको थियो ।
सिराहाको फुल्काहकट्टी घर भएकी दास विराटनगर- ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।
उनको हत्यापछि शव छाडेर संलग्न व्यक्ति फरार भएको र संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले बताउँदै आएको थियो । प्रहरीले दासको प्रेमी रहेका शिव शङ्करले नै हत्या गरेको हुनसक्ने आशङ्का गरेको थियो । उनले प्रेमिकाको हत्यापछि आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण