चलचित्र लाखे 'भिडियोपसल' एपमा रिलिज
काठमाडौँ । नायक सौगात मल्ल, नायिका वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र लाखे भिडियोपसल एपमा रिलिज गरिएको छ । सम्राट बस्नेतको निर्देशन रहेको चलचित्र 'लाखे' अहिले नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।
सस्पेन्स थ्रीलर विधामा आधारित चलचित्रमा सौगात मल्ल,अनुप विक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा,सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना,सगुन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारीको अभिनय रहेको छ ।
सबै स्मार्ट डिभाइसमा भिडियो पसल एप डाउनलोड गरी फिल्म हेर्न सकिन्छ । भिडियो पसलमा २ .९९ डलर देखी ५ .९९ डलरसम्म विभिन्न प्याकेज लिई ४क गुणस्तरमा पनि फिल्म हेर्न सकिन्छ । उपलब्ध फिल्महरू विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।
२०१७ देखि सञ्चालनमा रहेको भिडियो पसलमा यसअघि नै 'छक्का पन्जा ४', 'झिङ्गेदाउ' 'मन्त्र' लगायतका चलचित्रहरू रिलिज भइसकेका छन् । एपमा चलचित्रसँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण