राजधानीबाट चोरीको मोटरसाइकल सहित १८ वर्षीय किशोर समातिए
काठमाडौँ । बुढानिकण्ठ नगरपालिका २ भंगालबाट चोरीको मोटरसाइकल सहित एक किशोरलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाडौंकै चाबहिल बस्ने १८ वर्षीय सक्षम गुरूङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
वास्तविक नम्बर परिवर्तन गरेर बागमती प्रदेश-०२-२७ प ४३ ०३ नम्बर राखी चलाइरहेको अवस्थामा गुरूङलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
बागमती प्रदेश-०२-०२३ प ०४७२ नम्बरको बुलेट मोटरसाइकल काठमाडौंको टोखा इन्द्रेणीपुलबाट हराएको भनि मोटरसाइकल धनि धादिङको गंगा जमुना गाउँपालिका ७ का प्रकाश श्रेष्ठले गत मंसिर २६ गते निवेदन दिएका थिए । प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकल सहित गुरुङ नियन्त्रणमा आएको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण