सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

२६ वर्षसम्म घरको काम गरेबापत पूर्व–पत्नीलाई १ करोडभन्दा बढी रुपैयाँ तिर्न अदालतको आदेश

सोमबार, ०५ चैत २०८०, १४ : ४२
सोमबार, ०५ चैत २०८०

स्पेन । स्पेनको एउटा प्रान्तीय अदालतले वैवाहिक जीवनभर गृहिणीको रूपमा काम गरेकी पूर्व पत्नीलाई क्षतिपूर्ति तिर्न एक पुरुषलाई आदेश दिएको छ । यो फैसला त्यहाँको पोतेभेद्रा प्रान्तको एक अदालतले गरेको हो । 

२६ वर्षको वैवाहिक जीवनमा गृहिणी भएर घरको काम गरेबापत क्षतिपूर्तिका रूपमा ८८ लाख २५ यूरो (१ करोड २७ लाख ३८ हजार) हर्जाना एकै पटक तिर्न अदालतले आदेश दिएको छ ।

ती पुरुषको नाम खुलाइएको छैन । उनको विवाह सन् १९९६ मा भएको थियो । यो जोडीले सन् २०२२ मा सम्बन्ध विच्छेद गरेका थिए । यस अवधिमा श्रीमतीले घरबाहिर जम्मा २०५ दिन मात्रै काम गरेकी थिइन् । बाँकी सारा समय एक्ली छोरी हुर्काउन र घरधन्दामा खर्च गरेकी थिइन् । पारपुचुकेपछि श्रीमान् घरमै बसे । तर श्रीमतीले बस्नका लागि भाडाको घर खोज्नु पर्यो । २६ वर्षको अवधि श्रीमानले आफ्नो पेसागत करियरको अभिवृद्धिमा लगाइन् । तर श्रीमतीको सबै समय घरको व्यवस्थापनमा खर्च भयो ।

आफ्नो हात रित्तो भएपछि ती महिलाले आफूले २६ वर्षसम्म गरेको घरधन्दाको लागि क्षतिपूर्ति मागिन् । सुरुको फैसलामा श्रीमानले पूर्व–पत्नीलाई १ लाख २० हजार यूरो दिनु पर्ने थियो । तर यो निर्णयविरुद्ध श्रीमान् र श्रीमति दुवै अदालतमा गए । श्रीमान् पैसा तिर्न तयार थिए । तर उनी यो रकम ६० हजार यूरोमा घटाउन चाहन्थे । पूर्व पत्नीले भने १ लाख ८३ हजार ६२९ यूरो क्षतिपूर्ति लिन चाहन्थिन् । घर परिवारको स्याहार सुसार र छोरी हुर्काउन आफूलाई पूरै समर्पित गरेको उनको तर्क थियो ।

श्रीमानसँग बिहे गर्ने बित्तिकै सम्बन्ध विच्छेद् नहुँदासम्म आफू गुहणी भएर बसेको र श्रीमानले जागिर खाएको महिलाको तर्क थियो । यो आर्थिक असन्तुलनको प्रभाव वैवाहिक जीवनको अन्त्यपछि देखिएको छ । हात मुख जोर्न महिला अहिले सानातिना जागिर खान बाध्य भएकी छिन् । छोरी हेर्ने आर्थिक भार नबेहोरिकन आफ्नो निर्वाहको जागिर खाइरहेको तर्क पतिको थियो । दुवैले वैवाहिक जीवनको भार बाँडेर लिएको र अहिले फूल टाइम कर्मचारीको जस्तो तलब माग्नु जायज नभएको उनको भनाई थियो ।

अदालतले सुरुको क्षतिपूर्तिको आकार घटाएर ८८ हजार २५ यूरोमा झारिदियो ।  तीन वर्षसम्म मासिक ३५० यूरो बराबरको पेन्सन पूर्व–पत्नीलाई दिन आदेश दिएको छ । यो निर्णयको विरुद्धमा दुवै पक्ष सर्वोच्च अदालतमा जान सक्नेछन् । पछिल्लो समय यूरोपमा यस्ता मामिलाहरू बढेका छन् । गएको वर्ष एक स्पेनी अदालतले २५ वर्षसम्म सँगै जीवन बिताएकी  पूर्व पत्नीलाई २ लाख ४ हजार यूरो तिर्न एक पुरुषलाई आदेश दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप