राजनीतिक दलहरू जनताको अग्निपरीक्षामा असफल भए: अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरू जनताको अग्निपरीक्षामा असफल भएको दाबी गरेका छन् । सोमवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले राप्रपाबाहेक अरू दल असफल बनेको दाबी गरेका हुन् ।
अध्यक्ष लिङ्देनले मधेसको नेतृत्व गर्ने पार्टीहरूले गएको १५ वर्षमा गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता लागू भएपछि मात्रै मधेसको नाममा मधेस केन्द्रित राजनीतिक दलहरूबाट ५० जना नेताहरू मन्त्री हुने मौका पाएको तर मधेसका जनताको लागि काम गर्न नसकेको आरोप लगाए ।
उनले मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय प्राप्त गरे पनि जनताको पक्षमा केही नभएको उल्लेख गरे ।
उनले भने, ‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक नेपाली जनताको भरोसा अरू कुनै राजनीतिक शक्ति छैन । अन्य सबै राजनीतिक शक्तिहरू जनताको अग्नि परीक्षामा असफल भइसकेका छन् । गलत साबित भइसकेका छन् । ’
उनले जिल्ला तहको नेतृत्वले कार्य योजना बनाएर काम गर्न निर्देशन पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण