नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरणको रिट लगाउमा राख्न आदेश
सोमबार, ०५ चैत २०८०, १६ : ५२
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरणको रिटलाई लगाउमा राख्न आदेश भएको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लगाउमा राखी पेश गर्न आदेश दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डे सहित एमाले सचिव टोपबहादुर रायमाझी लगायतका व्यक्तिहरु उच्च अदालतबाट पनि पुर्पक्षमै राख्ने आदेश भएको थियो ।
उच्च अदालतको आदेश वेरितको रहेको कारण बदर गरी थुनामुक्त गरिपाउँ भनी पाण्डेले दायर गरेको रिटमाथि सुनुवाइ हुँदा सोही प्रकरणसँग जोडिएका अन्य मुद्दा पनि अदालतमा रहेको कारण लगाउमै राखी सुनुवाइ हुन वाञ्छनीय देखिएको भन्दै लगाउमा राख्ने आदेश भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण