२० हजार नक्कली नोटबाट अनुसन्धान गर्दा २ लाख ४ हजार बरामद
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–३ स्थित टौखेल घर भएका ३७ वर्षीय करण प्रधानलाई प्रहरीले चैत १ मा नियन्त्रणमा लियो । उनको साथमा २० हजार नक्कली नोट फेला परेको थियो । २० हजार नक्कली नोटको ‘कनेक्सन’ खोज्दै ललितपुर प्रहरीले थप २ लाख ४ हजार ५ सय नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ ।
नक्कली नोट छाप्ने र कारोबार गर्ने ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा ललितपुरको टौखेल घर भएका करण प्रधान, काभ्रेको मण्डन देउपुर नगरपालिका–११ घर एका सञ्जय अधिकारी र बेथानचोक गाउँपालिका–३ घर भएका २५ वर्षीय सबिन हुमागाईं छन् ।
प्रधान र अधिकारी ललितपुरबाट पक्राउ परेका हुन् । काभ्रेको बनेपामा एच.एम मोबाइल केयर सञ्चालन गर्ने सबिन हुमागाईँले नक्कली नोट छाप्ने गरेको अनुसन्धानबाट थाहा भएको प्रहरी वरिष्ठ उपरीक्षक खनालले जानकारी दिए । प्रहरीले मोबाइल पसलबाट नक्कली नोट छाप्न प्रयोग गरिएको प्रिन्टर, ल्यापटप र नोट छाप्ने कागज बरामद गरेको छ । उनीहरू विरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण