बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

निसीखोला बस दुर्घटना अपडेट : ३१ जनाको उद्धार

सोमबार, ०५ चैत २०८०, २० : ११
सोमबार, ०५ चैत २०८०

बाग्लुङ । निसीखोला बस दुर्घटनामा घाइते भएका ३१ जनाको उद्धार गरिएको छ । बागलुङ प्रहरीका अनुसार ७ जनाको घटना स्थलमै मृत्यु भएको छ । 

रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

हालसम्म ७ जना घाइतेहरूलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको बागलुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ । 

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप