निसीखोला बस दुर्घटना अपडेट : ३१ जनाको उद्धार
सोमबार, ०५ चैत २०८०, २० : ११
बाग्लुङ । निसीखोला बस दुर्घटनामा घाइते भएका ३१ जनाको उद्धार गरिएको छ । बागलुङ प्रहरीका अनुसार ७ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।
हालसम्म ७ जना घाइतेहरूलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको बागलुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण