अनुदानको लोभमा विवाहित बहिनी र दाइको बिहे
उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको महाराजगन्ज जिल्लामा मुख्यमन्त्री सामूहिक विवाह योजनाबाट अनुदान पाउने लोभमा विवाहित बहिनीले दाइसँग बिहे गरेको खुलासा भएको छ । सामूहिक बिहेमा पाइने ३५ हजार भारु र सामानको लोभमा यो काण्ड भएको हो । यो कुरा बाहिर आएपछि समाज कल्याण विभागले वैवाहिक समारोहमा भएको त्रुटिको दोष सबै लाभार्थीहरुमाथि थोपरेर पैसा र सामान असुलीमा व्यस्त भएको भन्दै न्युज १८ ले समाचार छापेको छ । मुख्यमन्त्री सामूहिक विवाह योजनामा यस्तो कुरा बाहिर आएपछि हङ्गामा मच्चिएको छ ।
महाराजगन्ज जिल्लाको लक्ष्मीपुर ब्लकमा मार्च ५ गते मुख्यमन्त्री सामूहिक विवाह कार्यक्रम आयोजना गरिएको थियो । समाज कल्याण तथा विकास विभागको रेखदेखमा आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा रीति–रिवाज अनुसार विवाह सम्पन्न भएको हो । लक्ष्मीपुर ब्लक क्षेत्रको एक गाउँकी एक विवाहित युवतीले पनि सामूहिक विवाहमा आवेदन दिएकी थिइन् । मार्च ५ मा भएको सो समारोहमा ती युवति आफ्नो श्रीमानसँग जग्गेमा बस्नेवाला थिइन् ।
तर केही कारणले श्रीमान् बिहे स्थलमा आइपुगेनन् । हतारमा अधिकारी र बिचौलियाहरूले श्रीमानको सट्टा ती युवतिको दाइलाई मण्डपमा बसाइदिए । दाइ र विवाहित बहिनीबिच बिहे गराइयो । यो कुरा बाहिर आएपछि समाज कल्याण तथा विकास विभागको कर्तुत पर्दाफास भएको छ । सामूहिक विवाह योजनामा धोकाधडीको मामिला बाहिर आएपछि सुरुमा त अधिकारीहरूले बचाउ गरेका थिए ।
तर यो मिडियामा सञ्चार माध्यममै आएपछि भने समाज कल्याण विभागले दाइजोको लोभमा यस्तो हर्कत गर्ने लाभार्थीको घरमै पुगेर सामान फिर्ता गर्न भनेको थियो । यति बेला विभागका कर्मचारीहरू विवाहित जोडीलाई दिइएको सामान फिर्ता गर्न र अनुदान रकम रोक्का गर्न जुटेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण