किशोरको सुसाइड नोट : भाइको इच्छा पूरा गरिदिन रवि लामिछानेसँग आग्रह
सुर्खेत । बुधबारदेखि वीरेन्द्रनगरबाट सम्पर्कविहीन भएका अछामको रामारोशन गाउँपालिका–४, बाटुलासेनका १८ वर्षीय मनोज खनाल शनिबार झुण्डिएको अवस्थामा फेला परे । वीरेन्द्रनगर नगरपालिका–४, को पर्यटकीय स्थल सहिदपार्कको गेट नजिकै उनी मृत फेला परेका हुन् ।
उनको हत्या गरिएको हो वा आफैँले आत्महत्या गरेका हुन् भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, उनको पाकेटमा भने प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले उनको पाकेटमै उक्त नोट फेला परेको हुनाले उनले नै लेखेको हो कि भन्ने अनुमान प्रहरीले गरेको रातोपाटीलाई बताए । यद्यपि उक्त नोटबारे पनि अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार ती किशोर वीरेन्द्रनगर स्थित साउथ एसिएन बोडिङ स्कुलमा कक्षा ११ मा अध्ययनरत थिए । बुधबार दिउँसो ३ बजेतिर बजार जान्छु भनी रुमबाट निस्किएका उनी सम्पर्क विहीन भएका थिए ।
सुसाइड नोटमा उनले आमा, बुबालाई सम्बोधन गरेका छन् भने वर्तमान गृहमन्त्री रवि लामिछानेलाई समेत सम्बोधन गरेका छन् । लामिछानेलाई आफ्नो परिवारलाई सान्त्वना दिन भन्दै आग्रह गरिएको छ, नोटमा । साथै उनले भाइको इच्छा पूरा गरिदिन आग्रह गरेका छन् । साथै लामिछानेलाई ०८४ सालमा प्रधानमन्त्री हेर्न मन भएको तर नपाएको पनि उल्लेख छ ।
परिवारको अवस्था निकै नाजुक रहेको र त्यसैमाथि आफू मानसिक रोगको शिकार भएको उक्त नोटमा लेखिएको छ । सुसाइड नोटमा भनिएको छ, ‘आमा हजुरको उपचार गर्ने मन थियो, बुबा हजुरको पिल्लर, जग बन्ने मन थियो, सकिन माफ गर्नुहोला । छोरा मर्यो नसोच्नुहोला, अर्को छोरा छ भन्ने धारणा मनमा राख्नुहोला ।’ परिवारलाई खुसी बनाउन आएको तर, सानै उमेरका आफू यो अवस्थामा पुगेको भन्दै सबै परिवारलाई सम्झिएको कुरा उल्लेख छ ।
बाबुआमा भारतमा काम गर्दै आइरहेको र छोरा ठुलो मान्छे बनेको हेर्ने रहर आफ्ना बाबुआमाको रहेको बताइएको छ । तर मानसिक बिरामी भएका कारण यो सपना पुरा गर्न नपाएको कुरा पनि उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण