सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा श्री एयरलाइन्सको जहाजको अगाडीको चक्काको बेरिङ पड्कियो

मङ्गलबार, ०६ चैत २०८०, १६ : ४९
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि विमानस्थलमै ग्राउण्डेड गरिएको छ । जहाज अवतरण गरेर पार्किङ गर्ने क्रममा अगाडिको चक्काको बेरिङ पड्किएको जानकारी विमानस्थल प्रमुख गणेश बहादुर सिंहले रातोपाटीलाई बताए । 

उनले भने,‘कलसाइन एएनएच २२७ नम्बरको सो जहाज सोमबार साँझ काठमाडौँबाट धनगढी पुगेको थियो । जहाजको अगाडीको चक्काको बेरिङ पड्किएपछि ग्राउण्डेड गरिएको हो ।’ सिंहका अनुसार जहाजमा आएको समस्या समाधानका लागि प्राविधिक टोली आएर काम गरिरहेको छ । मर्मत गरेर उडान योग्य भएपछि मात्रै उडान अनुमति दिइने जानकारी सिंहले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप