धनगढीमा श्री एयरलाइन्सको जहाजको अगाडीको चक्काको बेरिङ पड्कियो
मङ्गलबार, ०६ चैत २०८०, १६ : ४९
काठमाडौँ । धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि विमानस्थलमै ग्राउण्डेड गरिएको छ । जहाज अवतरण गरेर पार्किङ गर्ने क्रममा अगाडिको चक्काको बेरिङ पड्किएको जानकारी विमानस्थल प्रमुख गणेश बहादुर सिंहले रातोपाटीलाई बताए ।
उनले भने,‘कलसाइन एएनएच २२७ नम्बरको सो जहाज सोमबार साँझ काठमाडौँबाट धनगढी पुगेको थियो । जहाजको अगाडीको चक्काको बेरिङ पड्किएपछि ग्राउण्डेड गरिएको हो ।’ सिंहका अनुसार जहाजमा आएको समस्या समाधानका लागि प्राविधिक टोली आएर काम गरिरहेको छ । मर्मत गरेर उडान योग्य भएपछि मात्रै उडान अनुमति दिइने जानकारी सिंहले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण