लागुऔषधसहित चारजना पक्राउ
वीरगन्ज । पर्साबाट लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार दुईग्राम लागुऔषध खैरो हेरोइनसहित चार जनालाई पक्राउ परेका हुन् ।
प्रहरीले वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट दुईजना र वडा नम्बर १५ को चालीस फिट्टे नजिकैबाट २ जना गरी ४ जनालाई पक्राउ गरेको हो ।
पर्साका प्रहरी नायव उपरीक्षक डीएसपी कुमार विक्रम थापाले चेकजाँचका क्रममा उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन बरामद भएको बताए । पक्राउ पर्नेहरूमा चितवन भरतपुर– १७ शारदानगर बस्ने २४ वर्षका अमित गुरुङ र सोही ठाउँकी २४ वर्षीया सुनिता विक छन् । यस्तै पक्राउ पर्नेमा रौतहट चन्द्रनगर नगरपालिका वडा नम्बर ५ बस्ने २४ वर्षका सेजल श्रेष्ठ र पर्साको जीराभवानी गाउँपालिका–२ का १९ वर्षीय विजय साह रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण