आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नाइजेरियामा बन्दुकधारीद्वारा ८७ जना अपहरण

मङ्गलबार, ०६ चैत २०८०, २१ : ३५
मङ्गलबार, ०६ चैत २०८०

अबुजा । नाइजेरियामा बन्दुकधारीहरूले पुनः आक्रमण गरेर ८७ जनाको अपहरण गरेको अधिकारी र बासिन्दाहरूले बताएको अल जजिराले उल्लेख गरेको छ । एउटा सशस्त्र समूहले एउटा विद्यालयबाट दुई सय ८६ विद्यार्थी र कर्मचारीजलाई कब्जामा लिएको ठिक एक महिनापछि पछिल्लो अपहरण भएको हो । 

अधिकारीहरूका अनुसार पछिल्लो आक्रमण कदुना राज्यको कजुरु क्षेत्रमा भएको थियो । अपहरणमा महिला तथा बालबालिका परेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार गाउँहरूको नियमित लुटपाट र फिरौतीका लागि ठुलो मात्रामा अपहरण गर्ने ढाकाहरूले उत्तरपश्चिम र उत्तर–मध्य नाइजेरियालाई अशान्त बनाएका छन् । यसबाट करिब १० लाख मानिस विस्थापित भएका छन् । 

दैनिक जस्तो हुने आक्रमणलाई रोक्न अधिकारीहरू असमर्थ देखिएकाले राष्ट्रपति बोला अहमद टिनुबमाथि व्यापक दबाब परेको छ । कदुना प्रहरी प्रवक्ता मन्सुर हसनले कजुरु घटना आइतबार राति भएको बताए । उनले अपहृत गाउँलेहरूलाई उद्धार गर्ने प्रयासमा सुरक्षा बललाई परिचालन गरिएको जानकारी दिए । 

सेनाको पोसाक लगाएका सशस्त्र हमलाकारीहरूले केही दूरीमा आफ्ना मोटरसाइकलहरू पार्क गरेर गाउँमा प्रवेश गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । गाउँका प्रमुख तान्को सरकिनले ८७ जनालाई जबर्जस्ती बन्दी बनाइएको पुष्टि गरे । 

अर्का बासिन्दा अरुवा याउले पक्राउ परेको र पछि आफ्नो कमजोर स्वास्थ्यका कारण रिहा गरेको दर्दनाक अनुभव सुनाए । उनले स्थानीय सरकारी क्लिनिकमा उपचारको माग गरे । अल जजिराका अनुसार श्रीमती र दुई छोरी रहेका हारुना अतिकुले ढाकाहरूले अचानक गरेको आक्रमणको वर्णन गर्दै उनीहरूले खुलेआम हिंसा गरेको बताए । 

अधिकारीहरूका अनुसार उक्त घटनाको केही दिनअघि मात्र १० किलोमिटर टाढा डोगोन नोमा क्षेत्रमा १६ व्यक्तिको अपहरण गरिएको थियो । मार्च ७ मा कजुरुदेखि करिब एक सय ५० किलोमिट टाढा कुरिगा गाउँको एक विद्यालयबाट दुई सय ५० भन्दा धरै विद्यार्थीको ठुलो मात्रामा अपहरणपछि उक्त अपहरण भएको हो । 

सुरुमा बोको हरामसँग सम्बन्धित विद्यालय अपहरण ठुलो फिरौतीको माग गर्ने आपराधिक गिरोहहरूको मनपर्ने रणनीति बनेको छ । अपहरणकर्ताहरूलाई फिरौती दिन रोक लगाउने सन् २०२२ को कानूनका बावजुद कुराकानीले प्राय बन्धकहरू रिहा हुने गरेका छन् । -(रासस/एएनआई) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप