बसुन्धाराबाट ८ जना जुवाडे पक्राउ
बुधबार, ०७ चैत २०८०, १० : ४१
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–३ स्थित बसुन्धाराबाट प्रहरीले ८ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ८८ हजार ५ सय बरामद गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङ्ग घरका ४९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ, काठमाडौँ घर भएका ४८ वर्षीय कोमल बहादुर प्याकुरेल, उदयपुर घर भएका ३० वर्षीय अर्जुन राई, सप्तरी घर भएका ३२ वर्षीय मनोज कुमार चौधरी, सुनसरी घर भएका ४० वर्षीय ईश्वर राई, रामेछापको मन्थली घर भएका २७ वर्षीय विष्णु मगर र ३० वर्षीय कैलाश मगर र सप्तरी घर भएका ३२ वर्षीय सन्दीप कुमार चौधरी छन् ।
महेश मगरले भाडामा लिएर बनाएको जस्ताको टहरोमा सञ्चालित जुवा खालबाट प्रहरीले ४ बुक तास बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण