अर्थमन्त्रीले राप्रपामाथि विभेदकारी नीति राखेको सांसद लामाले आरोप लगाएपछि...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले अर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टीमाथि विभेदकारी नीति राखेको आरोप लगाएकी छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा आफू बोल्ने बेलामा अर्थमन्त्री बाहिर गएको भन्दै लामाले अर्थमन्त्री पुनको आलोचना गरेकी हुन् ।
तर, सभाध्यक्षको आसनबाट उपसभामुख इन्दिरा रानाले पुन आफ्नो प्रतिनिधि राखेर खाना खान बाहिर गएको जानकारी दिँदै बोल्न आग्रह गरिन् । तर सांसद लामाले अर्थमन्त्री नहुँदा कसलाई सुनाउने भन्दै नबोल्ने अड्डी लिइन् । यसैबिच अर्थमन्त्री पुन बैठकमा पुनः आइपुगे ।
सांसद लामाले बैठकमा अर्थमन्त्री पुन आएकोमा धन्यवाद व्यक्त गर्दै राप्रपा बोल्न आउँदा भागेको हो कि भन्ने आफूलाई लागेको बताइन् । त्यसपछि उनले बोल्दै पर्यटन, कृषिजस्ता क्षेत्रमा लगानी बढाएर मुलुकलाई रोजगारीको अवसर सृजना हुने गरी बजेट ल्याउन आग्रह गरिन् ।
सांसद लामाले गरिब महिला उद्यमीहरूका लागि उचित तालिमसहितको बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण