एचपीभी खोपको दोस्रो मात्रा लगाइँदै
बुधबार, ०७ चैत २०८०, १५ : ४६
काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपको दोस्रो मात्रा लगाउने भएको छ । पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको एचपीभी खोप १४ वर्षका किशोरीलाई गत भदौ महिनाको अन्तिम हप्तामा दिइएको थियो ।
सरकारले त्यसको ६ महिनापछि दोस्रो मात्रा लगाउन लागेको हो । यसअघि पहिलो मात्रा लिएका किशोरीले उक्त खोप कार्ड लिएर दोस्रो मात्रा लिन सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
विराटनगरस्थित कोशी अस्पताल, वीरगन्जस्थित नारायणी अस्पताल, काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगन्जस्थित भेरी अस्पताल, सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल र डडेलधुरास्थित डडेलधुरा अस्पतालबाट सो खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण