शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एचपीभी खोपको दोस्रो मात्रा लगाइँदै

बुधबार, ०७ चैत २०८०, १५ : ४६
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपको दोस्रो मात्रा लगाउने भएको छ । पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको एचपीभी खोप १४ वर्षका किशोरीलाई गत भदौ महिनाको अन्तिम हप्तामा दिइएको थियो ।

सरकारले त्यसको ६ महिनापछि दोस्रो मात्रा लगाउन लागेको हो । यसअघि पहिलो मात्रा लिएका किशोरीले उक्त खोप कार्ड लिएर दोस्रो मात्रा लिन सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

विराटनगरस्थित कोशी अस्पताल, वीरगन्जस्थित नारायणी अस्पताल, काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगन्जस्थित भेरी अस्पताल, सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल र डडेलधुरास्थित डडेलधुरा अस्पतालबाट सो खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप