इलाम र बझाङ उपनिर्वाचनबारे प्रदेशबाट रिपोर्ट माग्ने एकीकृत समाजवादीको निर्णय
बुधबार, ०७ चैत २०८०, १८ : ०५
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले वैशाखमा हुने इलाम र बझाङको उपनिर्वाचनबारे प्रदेश र जिल्ला कमिटीबाट रिपोर्ट माग्ने भएको छ । बुधबार बसेको सचिवालय बैठकले ती जिल्लाको रिपोर्ट सम्बन्धित कमिटीबाट रिपोर्ट लिने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा इलाम र बझाङको उपनिर्वाचनका लागि प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको जानकारी दिए ।
उपनिर्वाचनका उम्मेदवारबारे सत्ता गठबन्धनसँग पनि छलफल गर्ने नेता खतिवडाको भनाइ छ । ‘उपनिवार्चनको बारेमा सत्ता गठबन्धनका दलहरूसँग पनि छलफल गर्ने निर्णय भएको छ । साथै उम्मेदवारको नाम छनोट गर्ने अधिकार प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन क्षेत्र कमिटीलाई दिइएको छ’, खतिवडाले बैठकपछि सञ्चारकर्मीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण