‘क्यास एप’ मार्फत जुवा खेलाएको आरोपमा ६ जना पक्राउ
बुधबार, ०७ चैत २०८०, १८ : १०
काठमाडौँ । क्यास एप मार्फत अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । अनलाइन मार्फत सट्टेबाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाएर जुवा खेलाएको आरोपमा उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए ।
पक्राउ पर्नेमा सर्लाही घर भएर टोखा बस्ने २६ वर्षीय सुनिल ठाकुर, २६ वर्षीय रामवीर ठाकुर, मोरङ घर भएर टोखा बस्ने २२ वर्षीय प्रमिस श्रेष्ठ, बूढानिलकण्ठ घर भएका २२ वर्षीय प्रसय जमकट्टेल, झापा घर भएका २२ वर्षीय दिप्नोज खत्री र कुलेश्वर घर भएका २९ वर्षीय स्वराज श्रेष्ठ छन् ।
जुवा खेलाउन प्रयोग गरिएको उपकरणसहित उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण