स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबिच सहमति
काठमाडौँ । दाङका स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबिच सहमति भएको छ ।
बुधबार सिंहदरबारस्थित भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबिच सहमति भएको हो ।
स्वर्गद्वारी आश्रमका मोही किसानले जग्गामा एकल स्वामित्वको माग सम्बोधन गर्न गर्दै आएको आन्दोलन बुधबारदेखि स्थगित भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह–सचिव कृष्णप्रसाद सापकोटाले बताए । उनले स्वर्गद्वारी आश्रमको नाममा दर्ता स्रेस्ता कायम भएको जग्गा रहेको द्वैद्य स्वामित्व अन्त्य गर्दै किसानको नाममा हुनुपर्ने माग गर्दै गुठी पीडित किसानसँग सरकारले छलफल र संवादका माध्यमबाट सहमति जुटेको बताए । उनले सहमतिमा गुठी सम्बन्धी विभिन्न गुठी, मठ, मन्दिरहरूको फरक–फरक रहेको २०७२ मा भएका व्यवस्थालाई व्यवस्थित गर्ने र स्वर्गद्वारी आश्रमका मोही किसानको माग सम्बोधन गर्नेगरी नयाँ एकीकृत गुठी सम्बन्धी कानुन तर्जुमा प्रक्रियालाई तत्काल अगाडि बढाउने सहमति भएको बताए ।
किसानहरूले विगत लामो समयदेखि दाङको घोराहीमा प्रदर्शनसँगै मोहीमा किसानको स्वामित्व कायम गर्न माग गर्दै आएका थिए । स्वर्गद्वारी आश्रमको दाङमा रहेको सात सय ५३ बिगाहा जग्गामा मोही कायम छ । मोहियानी हकका लागि भएका विभिन्न चरणका आन्दोलन र सरकारसँग पटकपटक सम्झौता भएपनि त्यसको कार्यान्वयन भएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण