६९ लाख ठगेको आरोपमा दुईजना पक्राउ
बुधबार, ०७ चैत २०८०, १९ : ४२
काठमाडौँ । ‘ग्रिस पठाउँछु’ भनेर ६९ लाख ३० हजार ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भएका २३ वर्षीय निशेष कुमार मुक्तान र गोरखाको धार्चे गाउँपालिका–५ घर भएकी बिनिता गुरुङ छिन् ।
आरोपीहरुले दीपक सापकोटासहित १२ जनालाई वैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिन्छु भनेर ठगी गरेका हुन् । ग्रिसमा मासिक १ लाख तलब हुने प्रलोभन पारेर उनीहरुले प्रतिव्यक्ति १२ लाख ५० हजार रुपैयाँ मागेको पीडितहरूले प्रहरीलाई बताएका छन् ।
प्रलोभनमा पारेर पकट पटक पीडितहरूबाट रकम लिएर उनीहरू फरार भएका हुन् । मुक्तानलाई बौद्धबाट र गुरुङलाई बसुन्धाराबाट पक्राउ गरेर वैदेशिक रोजगार विभागमा जिम्मा लगाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण