बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसवादी दलहरूले जनताका निम्ति काम गर्न सकेनन् : अध्यक्ष लिङ्देन

बुधबार, ०७ चैत २०८०, २२ : ५६
बुधबार, ०७ चैत २०८०

बारा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेसको नाममा राजनीति गर्ने मधेसवादी दलहरूले मधेसी जनताका लागि कुनै महत्त्वपूर्ण काम गर्न नसकेको बताएका छन्  । बुधबार बाराको निजगढमा भएको बृहत् आमसभालाई सम्बोधन गर्दै  अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् ।

उनले सङ्घीयता लागू भएपछि मधेस केन्द्रित राजनीतिक दलहरूबाट मात्रै ४७ जना नेताहरू मन्त्री भइसके पनि जनताले कुनै सुविधा नपाएको टिप्पणी गरे ।  मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय प्राप्त गरे पनि जनताको पक्षमा केही नगरेको भन्दै लिङ्देनले जनतालाई झुक्याउने काम बन्द गर्न र जनताले पनि विश्वास गर्न नहुने बताए । 

‘अब नेपाली जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा छैन, सबै राजनीतिक शक्तिहरू जनताको .नजरमा असफल भइसकेका छन्’ लिङ्देनले भने, ‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक सबै दलहरू पतनको बाटोमा रहेको हुँदा उनीहरुले अन्तिम भोज जसरी भ्रष्टाचार गरिरहेको छन् ।’ 

दलहरूले समयमै काम नगरेका कारण निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र अन्य राष्ट्रिय आयोजनाले गति लिन नसकेको उनको टिप्पणी छ । अध्यक्ष लिङ्देनले आगामी २७ गते काठमाडौँ केन्द्रित जनप्रदर्शनको घोषणा गरेकाले मधेशबाट व्यापक सहभागिता र सहयोग आवश्यक रहेको बताए । 

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशको अवस्था बदल्न अहिलेको व्यवस्था नै परिवर्तन गर्नुपर्ने टिप्पणी गरे । उनले देशमा सङ्घीय गणतन्त्र आएपछि वैदेशिक हस्तक्षेप र भ्रष्टाचार पनि बढेको दाबी गरेका छन् । 

सो कार्यक्रममा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले व्यवस्था र अवस्था परिवर्तन नहुँदा जनताले दुःख पाएको भन्दै प्रदेश सरकारको कुनै काम नभएको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप