मदिराको नसामा युवकको हत्या, उपचारका क्रममा भारतमा मृत्यु
काठमाडौँ । धनुषामा एक किशोरको हत्या भएको छ । तीन युवाबिचको विवादका क्रममा चक्कु प्रहार हुँदा १८ वर्षीय कैफ नदाफको मृत्यु भएको हो ।
प्रहरीका अनुसार धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ मा गएराति अन्दाजी साढे १० बजे मृतक १८ वर्षीय नदाफसहित अन्य दुई युवा २० वर्षीय सहमद नदाफ र २२ वर्षीय दासिम नदाफ मदिरा सेवनका लागि सोही वडाको एक बगैँचामा पुगेका थिए । ती तीन जन रोजा खुलेपछि वियर खान बगैँचामा पुगेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए ।
उनका अनुसार वियर खाएर फर्किने क्रममा मदिराको नसामा मोबाइलमा भएको भिडियो र बियरको पैसाको विषयमा भएको विवादले उग्र रुप लिएको थियो । सो क्रममा ठेलमठेल र कुटाकुट हुनुका साथै कैफको घाँटीमा चक्कु प्रहार भएको थियो ।
घटनापछि उनी भाग्दै ४० मिटरको दुरीमा रहेको घरमा पुगेको र परिवारले उपचारका लागि भारत लगेका थिए । तर, उपचारका क्रममै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि परिवारले प्रहरीलाई खबर नगरी गुपचुप अस्पताल लगेको खुलेको छ।
यस्तै उपचारका क्रममा कैफको मृत्यु भएपछि परिवारले शव घर ल्याएका थिए भने त्यसपछिमात्रै प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीलाई राति साढे २ बजे खबर गरिएको र त्यसपछि पुगेको प्रहरी टोलीले सहमद नदाफ र दासिम नदाफलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको डीएसपी अवाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
-
राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण