राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुने
काठमाडौँ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले यही असार २९ गते हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको भएको छ ।
विभागले आज एक सूचनामार्फत नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयारी गरिसकेको जनाएको हो । साथै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला÷ईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने विभागले जनाएको हो ।
उक्त सूचनाअनुसार जिल्ला÷इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म ३ दिनसम्म बन्द हुनेछ । त्यसैगरी, राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुनेछ ।
साथै, यही असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सुचारु हुने बेहोरा विभागले जानकारी गराएको छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति राहदानी विभागले क्षमाप्रार्थी गरेको छ । विभागले यसअघि गत फागुन २८ गते नै विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने सूचना जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण