भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त
हनोई । बिहीबार भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा दिएको एक दिनपछि जुहानलाई कार्यवाहक राष्ट्रपति बनाइएको हो ।
भियतनामी राष्ट्रिय सभा (एनए) को असाधारण अधिवेशनमा उक्त निर्णय गरिएको भियतनामी समाचार एजेन्सीले जनाएको छ ।
नयाँ राष्ट्रपति चयन नहुञ्जेलसम्म जुआनले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने राष्ट्रिय सभा स्थायी समितिले जनाएको छ ।
बैठकले थुओङलाई सन् २०२१/२६ को राष्ट्रपति र राष्ट्रियसभाका १५औँ उपप्रमुखको कार्यकालबाट पनि पदमुक्त गरेको छ ।
निवर्तमान राष्ट्रपति थुओङले कानुनी ‘उल्लङ्घन र कमी कमजोरी’का लागि आफू दोषी रहेको स्वीकार गर्दै राष्ट्रपति पदबाट राजीनामा दिएका थिए ।
भियतनाम समाचार एजेन्सीका अनुसार राष्ट्रपति थुओङले पार्टी, राज्य र जनताप्रतिको आफ्नो जिम्मेवारीप्रति पूर्ण सजग रहेर राष्ट्रपतिको पदबाट राजीनामा दिएको बताएका थिए ।
बुधबार भियतनामको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले थुओङको व्यक्तिगत अनुरोधमा उनको राजीनामा स्वीकृत गरेको थियो । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण