६७ लाख बढी मूल्य बराबरको सामानसहित पाँचवटा ट्रक प्रहरीको नियन्त्रणमा
वीरगन्ज । प्रहरीले वीरगन्जबाट ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । पर्सा प्रहरीले वीरगन्जका विभिन्न ठाउँबाट विलविजक भन्दा बढी लोड गरिएका सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भन्सार छलीका सामानसहित ५ वटा ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले बताए । नियन्त्रणमा लिएका ट्रकसहित सबै सामान करिब ६७ लाख ६१ हजार ५ सय ९४ रुपैयाँ मूल्य बराबरको रहेको ढुङ्गेलले बताए ।
लत्ताकपडा, खुद्रा सामान, प्याज, खाद्यान्न तथा हार्डवेयर पार्टस बरामद भएको पर्सा प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रहरीको भन्सार छली रोकथाम विशेष टोलीले वीरगन्जको घण्टाघरबाट ना ३ ख ७६५६ र प्रदेश ३–०३–००१ ख ००९८ नम्बरको मालवाहक गाडीबाट खाद्यान्न खुद्रा सामान बरामद गरेको छ भने ड्राइपोर्ट एरियामा बीआर ५ जी ९९९२ पिकअप गाडीबाट कुर्ता सुरुवाल बरामद गरेको छ ।
यसैगरी गण्डकमा ना ३ ख ३७४ र ना ३ ख ४८७७ नम्बरको मालवाहक ट्रक बरामद गरिएको छ । ती ट्रकबाट खाद्यान्न तथा खुद्रा सामानहरू बरामद भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै रजत जयन्ती चोकबाट हार्डवेयर मोटर पार्टस र रेल्वे रोडबाट चक्लेटहरु बरामद गरिएको ढुङ्गेलले बताए ।
बरामद सबै सामान तथा मालवाहक गाडीहरू आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथलैया बुझाइएकाे प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण