सीआईबीको छानबिनमा रहेका विनोद चौधरी श्रीलंका यात्रामा
काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिनमा रहेका उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको छानबिनका क्रममा रहेका चौधरी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएपछि बिहीबार नै श्रीलंकाको राजधानी कोलम्बो उडेका हुन् ।
चौधरीले बिहान सीआईबीको रोहबरमा सरकारी वकिल कार्यालयमा बयान दिएका थिए ।
चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले नियमित तालिकामा चौधरी विदेश गएको जानकारी दिए ।
‘व्यापारको सिलसिलामा उहाँ ४० वर्षदेखि विदेश आउने जाने गर्नुहुन्छ, अहिले पनि त्यसैको सिलसिला हो’, उनले रातोपाटीसँग भने ।
चौधरीसँग सीआईबीका अधिकारीहरूको रोहबरमा सरकारी वकिल कार्यालय काठमाडौँमा बिहीबार बिहान ८ देखि ११ बजेसम्म ३ घन्टा बयान लिइएको थियो ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहले आफ्नो बनाएको आरोप लागेपछि उनीमाथि अनुसन्धान अघि बढाइएको छ । चौधरीले भने इन्कारी बयान दिएका थिए । उनले कानुन बमोजिम नै जग्गा खरिद गरिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण