शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सीआईबीको छानबिनमा रहेका विनोद चौधरी श्रीलंका यात्रामा

बिहीबार, ०८ चैत २०८०, १७ : ३७
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिनमा रहेका उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको छानबिनका क्रममा रहेका चौधरी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएपछि बिहीबार नै श्रीलंकाको राजधानी कोलम्बो उडेका हुन् ।

चौधरीले बिहान सीआईबीको रोहबरमा सरकारी वकिल कार्यालयमा बयान दिएका थिए । 

चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले नियमित तालिकामा चौधरी विदेश गएको जानकारी दिए ।  

‘व्यापारको सिलसिलामा उहाँ ४० वर्षदेखि विदेश आउने जाने गर्नुहुन्छ, अहिले पनि त्यसैको सिलसिला हो’, उनले रातोपाटीसँग भने ।

चौधरीसँग सीआईबीका अधिकारीहरूको रोहबरमा सरकारी वकिल कार्यालय काठमाडौँमा बिहीबार बिहान ८ देखि ११ बजेसम्म ३ घन्टा बयान लिइएको थियो । 

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहले आफ्नो बनाएको आरोप लागेपछि उनीमाथि अनुसन्धान अघि बढाइएको छ । चौधरीले भने इन्कारी बयान दिएका थिए । उनले कानुन बमोजिम नै जग्गा खरिद गरिएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप