बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘बलिदान’मा अभिनेता विराजका छोरा समिर

शुक्रबार, ०९ चैत २०८०, १३ : ०२
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । निर्माता सन्तोष सेनले बनाउन लागेको नयाँ फिल्म ‘बलिदान’मा समीर भट्ट अभिनेताको रूपमा देखिने भएका छन् । समिर अभिनेता विराज भट्टका छोरा हुन् । विराजले समिरलाई लिएर केही अघि फिल्म ‘१२ गाउँ’ निर्माण घोषणा गरेका थिए ।

सेनको फिल्म कम्पनी आसुसेन फिल्मस्ले समिरको फोटो राख्दै फिल्मको फस्टलुक पोस्टर सार्वजनिक समेत गरेको छ । समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिम लिएका थिए । ‘बलिदान’को लागि एक हिरोको खोजीमा थियौ । समिरमा त्यो क्षमता देखेर छानेको निर्माता निर्देशक सेनले बताए ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपरमा बन्ने यो फिल्म सेन आफैले निर्देशन गर्न लागेका हुन् । सन्तोष सेनको प्रस्तुति रहने फिल्मका  निर्माता पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी  हुन् ।

3 (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप