२०५६ सालमा काठमाडौँको लगनटोलमा हत्या गरेर भागेका प्रतिवादी पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२१ स्थित लगनटोलमा २०५६ मा हत्या गरेर भागेका प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न रहेर फरार भएका रामकाजी पोडे पक्राउ परेका हुन् ।
उनलाई कास्कीको लेखनाथ नगरपालिका–११ स्थित फुलबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए । पोडे दुरसञ्चार प्राधिकरणमा मेन्टिनेन्सको काम गर्छन् । २०५६ जेठ २ मा रामकाजी पोडे समेतले लगनटोलमा कृष्ण पोडेको हत्या गरेको प्र्रहरीको अनुसन्धान निष्कर्ष छ । घरायसी विवादमा लगन बस्ने सविन्द्र पोडे, श्याम पोडे र रामकृष्ण पोडे समेतको समूहले बन्चरो प्रहार गरेर कृष्णको हत्या गरेका हुन् ।
जिल्ला अदालत काठमाडौँले सो मुद्दामा श्याम पोडे र रामकृष्ण पोडेलाई जन्मकैद ठहर गरेको थियो । रामकाजीको हकमा मुद्दा मुलतवी राखिएको थियो । जिल्ला अदालतले २०५९ मा चैत ७ मा मुलतवी राखेको मुद्दामा रामकाजीबारे पुनः सुनुवाइ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण